Logo

ज्योति विकास बैंक र जस्मिन फिटनेस क्लबबीच सम्झौता

काठमाडौं– ज्योति विकास बैंक र काठमाडौस्थित जस्मिन फिटनेस क्लबबीच छुट दिनेबार सम्झौता भएको छ ।

यस सम्झौतापश्चात् बैंकका ग्राहकले उक्त क्लब र स्पामा २० प्रतिशतसम्म छुट पाउने छन् । बैंकले हालै ललितपुरस्थित मेडेक्स क्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ । यसका साथै बैंकले ट्रान्सक्वालिटी स्पाका देशभरका १७ वटै आउटलेटमा हरेक सेवामा ग्राहकलाई ३० प्रतिशतसम्मको छुट दिने सम्झौता पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्