Logo

ग्लोबल आइएमईको नयाँ योजना

काठमाडौं– ग्लोबल आइएमई बैंकले नयाँ खाता खोल्दा पाँच वटा थप सुविधा उपलब्ध हुने योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधा सँगसँगै डिम्याट खाता, मेरोसेयर, सी–आस्वा, तथा टिएमएस खाता खोल्न आवेदन दिन पाइने छ ।

ग्लोबल आइएमई क्यापिटलमा धितोपत्रको कारोबारका लागि आवश्यक पर्ने डिम्याट खाता र सोको सञ्चालनका लागि मेरोसेयर, आईपीओ भर्न चाहिने सी–आस्वा रजिष्ट्रेशन नम्बर र जेबिएनएल सेक्यरिटीजमा सेयर खरिद तथा बिक्रीका लागि आवश्यक पर्ने टिएमएस खाता सुविधा ग्राहकले पाउने छन् ।

यो सुविधा बैंकले हालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ । डिजिटल युनिभर्सको माध्यमबाट घरमै बसी आवश्यकता अनुसार यो सुविधा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । यी सेवा बैकका ३५४ वटा शाखा कार्यालयबाट उपलब्ध हुनेछ ।

बैंकमा नयाँ खाता खोलेर वा आफ्नो भइरेको खातालाई यस योजनामा परिमार्जन गरेर र निष्क्रिय भएको खातालाई सक्रिय गराएर पनि यस योजनामा सामेल हुन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्