प्रधानन्यायाधीशविरुद्ध माइतीघरमा प्रदर्शन «

प्रधानन्यायाधीशविरुद्ध माइतीघरमा प्रदर्शन

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामाको माग गदै आज माइतीघरमा प्रदर्शन गरिएको छ । सोलिडारिटी फर गोविन्द केसी एलाइन्सको आयोजनामा दिउँसो एक घण्टा पराजुलीविरुद्ध प्रदर्शन गरिएको थियो ।
‘माफियालाई कर छुट, गोपाल श्रीमान्को ब्रह्मलुट’, ‘माफिया पराजुली सेटिङ न्याय भयो चिटिङ’ ‘माफियाको ताँती पराजुली श्रीमान्को साथी’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शनकारीहरू प्रधानन्यायाधीशविरुद्ध प्रदर्शन थिए ।  प्रदर्शनपछि आयोजित कोणसभामा डा गोविन्द केसीले जनताको आस्थाको केन्द्र न्यायालय नै भ्रष्टाचारको चङ्गुलमा परेको आरोप लगाउँदै प्रधानन्यायाधीश पराजुलीविरुद्ध आन्दोलन गरिएको बताए । उनले प्रधानन्यायाधीश पराजुलीलाई समय सीमाभन्दा पहिले नै पद छाड्न बाध्य पार्ने उल्लेख गरे । कार्यक्रममा विवेकशील साझा पार्टीकी रञ्जु दर्शनाले प्रधानन्यायाधीश पराजुलीविरुद्ध मात्र सिंगो भ्रष्टाचारविरुद्ध आन्दोलन गरिएको बताइन् । कार्यक्रममा अधिवक्ता ओमप्रकाश अर्याल, सन्तोष गिरीलगायतले सत्तामा बसेर भ्रष्टाचार गर्ने परम्पराको अन्त्य हुनुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्