पलेशा र पेरिस पारालिम्पिक्समा सहभागी खेलाडीलार्ई एनसेलको सम्मान

काठमाडौं– पेरिसमा जारी पारालिम्पिक्स २०२४ खेलमा देशको लागि अहिलेसम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
पलेशाको ऐतिहासिक जित र पेरिस पारालिम्पिक्स २०२४ मा देशलाई प्रतिनिधित्व गर्ने पारा खेलाडी तथा प्रशिक्षकको सम्मान स्वरुप एनसेलले पलेशालाई १० लाख र अन्य खेलाडी तथा प्रशिक्षकलाई पनि थप १० लाख पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ । एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी), नेपालसँग भइरहेको आफ्नो सहकार्य अनुरुप यो सम्मानको घोषणा गरेको हो ।
एनसेलले गत वर्षदेखि एनपीसीसँग नेपाली पारा खेलाडीको समग्र तालिम र विकासका लागि सहयोग गर्दै आएको छ ।