ट्रम्प सहभागी हुन मानेनन्

वासिङ्टन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको विरुद्धमा आएको महाअभियोग प्रस्तावमा बुधबार हुने सुनुवाइमा सहभागिता नजनाउने उनका वकिलले बताएका छन् ।
ह्वाइट हाउसका वकिल प्याट सिपोलोनले प्रतिनिधिसभाको न्यायिक समितिमा डेमोत्र्mयाट अध्यक्ष जेरी नेडलरलाई आइतबार एक पत्र लेख्दै भनेका छन्, “अहिलेसम्म पनि साक्षीको नाम नबताइएको र न्यायिक समितिले अतिरिक्त सुनुवाइको माध्यमबाट निष्पक्ष प्रक्रिया पालन गर्ने विषयमा अभैmसम्म अस्पष्ट रहेकाले हामीबाट सुनुवाइमा भाग लिने आशा छैन ।”
“विद्यमान परिस्थितिका अनुसार हाम्रो बुधबार हुने सुनुवाइमा भाग लिने इच्छा छैन,” उनले भने ।
२०२० को राष्ट्रपति चुनावमा सम्भावित प्रतिद्वन्द्वी जो बिडेनको समेत छवि खराब पार्न युक्रेनबाट गैरकानुनी रूपमा सहयोग मागेको आरोप ट्रम्पमाथि लागेको छ ।
सदनको न्यायिक समितिले बुधबार जाँचमा समावेश गरिएको प्रमाणले राजद्रोह, घूस वा अन्य उच्च अपराध तथा खराब आचरणका आधारमा संवैधानिक रूपमा महाअभियोग लगाउने मानकलाई पूरा गर्छ वा गर्दैन भन्ने विषयमा समेत सुनुवाइ गर्नेछ ।