विद्युतीय सवारीको आयात बढ्यो «

विद्युतीय सवारीको आयात बढ्यो

सरकारले विद्युतीय सवारीमा भन्सार छुटको व्यवस्था गरेसँगै आयात बढेर गएको छ । चालू आर्थिक वर्षको पहिलो ४ महिनामा मात्र मुलुकमा हाल भएका कुल विद्युतीय गाडीको करिब २४ प्रतिशत गाडी आयात भएको यातायात व्यावस्था विभागले जनाएको छ ।
कार्तिक मसान्तसम्म कुल ७०१ विद्युतीय गाडी दर्ता भएको छ भने १६४ ओटा गाडी यस आवको पहिलो ४ महिनामा थपिएका हुन् ।
मुलुकभित्र विद्युत् उत्पादन बढ्दै गएकोले सरकारले पनि विद्युतीय गाडीको आयातलाई प्रोत्साहन गर्ने नीति लिएको छ । विद्युतीय गाडीमा मात्र १० प्रतिशत भन्सार महसुल रहेको छ । तर पेट्रोल र डिजेलबाट चल्ने गाडीको आयातमा २४० देखि ३०० प्रतिशतसम्म भन्सार महसुल रहेकोले पनि विद्युतीय गाडीको आयात बढेको हो । त्यस्तै, अन्य गाडी किन्दा ५० प्रतिशत मात्रै बैंक कर्जा पाइने व्यवस्था रहेको छ तर विद्युतीय गाडी किन्दा ८० प्रतिशत कर्जा उपलब्ध गराउन सरकारले निर्देशन दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्