Logo

सिटिजन्स बैंक र सुबिसु केबल नेटबीच समझदारी

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुबिसु केबल नेटबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार कार्डबाहक र मोबाइल बैंकिङ सिटिजन्स बैंकका ग्राहकले सुबिसु केबल नेटको नयाँ जडानमा विभिन्न आकर्षक छुट पाउनेछन् ।

ग्राहकले ३०० एम बि पि एस ब्यान्डविथ क्षमता भएको इन्टरनेट जडानको क्रममा १५ प्रतिशत साथै २०० एम बि पि एस र ८० एम बि पि एस इन्टरनेट जडानको क्रममा ५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । सुबिसुबाट नयाँ इन्टरनेट जडान गर्न र लागू हुने छुटहरू प्राप्त गर्न ग्राहकले https://campaign.subisu.net.np/citizen-bank लिङ्क प्रयोग गरेर दर्ता गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्