Logo

एनआइएमबि ‘स्मार्ट एप’ बाटै कर्जा

काठमाडौं– नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले एनआइएमबि स्मार्ट मोबाइल बैंकिङ एपमा स्मार्टलो नको सुविधा सुरू गरेको छ । यो सुविधामार्फत, बैंकका योग्य ग्राहकले पाँच लाखसम्मको कर्जा एपमार्फत बिना धितो, कागजी प्रक्रिया वा बैंकमा उपस्थित नभई सजिलै लिन सक्नेछन् ।

बैंकले सो कर्जाको सहज भुक्तानीका लागि विभिन्न समय अवधिमा आफ्नो कर्जा तिर्ने विकल्पसमेत प्रदान गरेको जनाएको छ । यसमा ग्राहकले एक महिनाभित्र वा बढीमा ३६ महिनासम्मको सरल किस्ताबन्दीको आधारमा पनि कर्जा भुक्तानी गर्न सक्नेछन् । साथै आफ्नो कर्जा रकम चाहेको समयमा एकैचोटी तिर्न चाहने ग्राहकका लागि पूर्व भुक्तानीको समेत व्यवस्था मिलाइएको छ ।

ग्राहकले एनआइएमबि स्मार्ट एपमार्फत इमेल भेरिफिकेसन गरी सजिलै एनआइएमबि स्मार्टलोनमा रजिष्टर गर्न सक्नेछन् । एनआइएमबी स्मार्ट लोनको लागि योग्य हुन तलब खाता, नियमित कारोबार, अन्य चुक्ता हुन बाँकी कर्जा नभएको र कर्जाको प्रयोग तथा चुक्ता विवरण लगायतका बैंकले तोकेका विभिन्न मापदण्ड पूरा गर्नुपर्ने बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्