गोदरेज ‘फ्रिकपल ट्रिप टु बाली’ अफरको लक्की ड्र «

गोदरेज ‘फ्रिकपल ट्रिप टु बाली’ अफरको लक्की ड्र

गोदरेज अप्लाएन्सेसले चाडपर्वको अवसरमा ग्राहकहरू माझ ल्याएको ‘फ्रिकपल ट्रिप टु बाली’ योजनाको लक्की ड्र गोदरेजको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी टंगालस्थित सोरुममा सम्पन्न गरिएको छ । भदौ २० गतेदेखि कात्तिक ३० गतेसम्म लागू गरिएको यो योजनामा गोदरेज ब्रान्डको प्रत्येक उत्पादनहरू (रेफ्रिजिरेटर, चेस्ट फ्रिजर, वासिङ मेसिन र माइक्रोवेभ ओभन) को खरिदमा नगद छुटका साथ भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत बाली भ्रमण राखिएको थियो ।
फेसबुकबाट लाइभ गरिएको लक्की ड्रमा मुस्ताङ चोक, पोखराकी मुना थापा र हेम्जाका प्रदीप थापा गरी २ भाग्यशाली जोडीहरूले बाली, इन्डोनेसिया जाने अवसर प्राप्त गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्