टीसीएलको ‘बडा अफर थाइल्यान्डको सफर’ को लक्की ड्र «

टीसीएलको ‘बडा अफर थाइल्यान्डको सफर’ को लक्की ड्र

महान चाडपर्वलाई लक्षित गरी विश्वको टप २ टिभी ब्रान्ड टीसीएलले ‘बडा अफर थाइल्यान्डको सफर’ नामक स्किमको लक्की ड्र टीसीएलको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी टंगालस्थित सोरुममा सम्पन्न गरेको थियो ।
भदौ १९ गतेदेखि कात्तिक ३० गतेसम्म लागू गरिएको यस योजनामा टीसीएल ब्रान्डको प्रत्येक उत्पादनहरू (एलईडी टिभी, चेस्ट फ्रिजर, एअर कन्डिस्नर, वाटर डिस्पेन्सर र वासिङ मेसिन)को खरिदमा नगद छुटका साथ भाग्यशाली ग्राहकले लक्की–ड्र मार्फत थाइल्यान्ड भ्रमण राखिएकोमा फेसबुकबाट लाइभ गरिएको लक्की ड्रमा वालिङ बजारकी सीता लमिछाने र देबचुलीकी सुमित्रा सापकोटा गरी २ भाग्यशाली जोडीहरूले थाइल्यान्ड जाने अवसर प्राप्त गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्