दिगो पर्यटन परियोजनालाई अवार्ड
काठमाडौं– दिगो पर्यटन परियोजनाले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) गोल्ड अबार्ड प्राप्त गरेको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा जीविकोपार्जन पुन:उत्थानका लागि उक्त परियोजना सञ्चालनमा रहेको थियो ।
थाइल्याण्डमा आयोजित कार्यक्रममा पाटका अध्यक्ष पीटर साइमनले परियोजनाका निमित्त प्रबन्धक धर्म दवाडीलाई अवार्ड हस्तान्तरण गरेका हुन् । परियोजनालाई कम्युनिटी बेस टुरिजममा २०२४ का लागि पाटा गोल्ड अवार्ड पदान गरिएको हो । परियोजनाले नेपालका सात प्रदेश, ५८ जिल्ला तथा ८५ वटा नगर गाउँ पालिकाहरुसँगको सहलगानीमा विभिन्न स्थानमा पर्यटकीय गन्तव्य निर्माण गरि पर्यटन रोजगारीका अवसरहरू सिर्जना र दिगो पर्यटन विकासमा क्षमता अभिवृद्धि गरेको थियो ।
परियोजनाले यसअघि सन् २०२२ र २०२३ मा पनि उक्त गोल्ड अवार्ड प्राप्त गरेको थियो । एसटीएलआरपीले पर्यटनका माध्यमबाट महिला सशक्तीकरणमा गरेको पहलकदमी, दिगोपन तथा सामाजिक उत्तरदायित्वका लागि २०२३ मा पाटा र २०२२ मा टुरिजम डेस्टिनेसन रेसिलेन्सि विधाअन्तर्गत अवार्ड प्राप्त गरेको थियो ।