पोखरेलद्वारा द्रुतमार्गको निरीक्षण

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौं–तराई मधेश द्रुतमार्ग सडक आयोजनाको निरीक्षण गरेका छन् । उपप्रधामन्त्री पोखरेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेश द्रुतमार्ग आयोजनाको निर्माणाधीन सडकको निरीक्षण भ्रमण गरेका हुन् ।
निरीक्षणका क्रममा मन्त्री पोखरेलले मख्खुवेशी, सिस्नेरी, बुदुने, राजदमार, बागदेव ईलाका र निजगढस्थित जिरो प्वाइन्टको स्थलगत निरीक्षण गरेर स्थानीय कमाण्डरबाट कार्य प्रगतिबारे जानकारी लिएका हुन् । साथै राजदमार क्याम्पमा रहेको नर्सरी र गुणस्तर परीक्षण ल्याबको समेत निरीक्षण गरेका छन् ।
निरीक्षणको क्रममा मन्त्री पोखरेलले आयोजनालाई समयमा नै सम्पन्न गर्न आइपर्ने सम्भावित चुनौतिका बारेमा समेत जानकारी लिएका छन् ।