Logo

यामाहाका दुई मोडलका मोटरसाइकल सार्वजनिक

काठमाडौं– यामाहाले दुई वटा नया मोडलका मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंमा सुरु भएको नाडा अटो सोमा मंगलबार आफ्नो नयाँ एडभेन्चर बाइक यामाहा डब्लुआर १५५ आरको साथै एमटी–१५ भर्सन २ सार्वजनिक गरेको हो । सो समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले ती मोडलका मोटरसाइकल उद्घाटन गरेका हुन् ।

यामाहा डब्लुआर १५५ आर अफ–रोड एडभेन्चर सेगमेन्टमा गेम चेन्जर बाइक हो । १५५ सीसी लिक्विड कुल्ड इन्जिन रहेको यसले प्रभावशाली १६.५ बीएचपी र १४.३ एनएम टर्क प्रदान गर्छ । जसले जुनसुकै भूभागमा यात्रा गर्नका लागि एजिलिटीसँग शक्तिको संयोजन गर्ने कम्पनीको भनाइ छ ।

यामाहाको डब्लूआरसी बाइकबाट प्रेरणा लिएको डब्लूआर १५५ आरमा हल्का तौलको फ्रेम, एडजस्टेबल सस्पेन्सन, डुअल–च्यानल एबीएस र आधुनिक डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर समावेश छ । यसले शहरी राइडरहरू र अफ–रोड एडभेन्चर दुवैका लागि उपयुक्त बनाउँछ । यामाहा बाइकहरू यसको डिजाइन, टेक्नोलोजी, स्टेबलिटी र राइड एक्सपेरियन्सका लागि पुरै उद्योगमा अग्रस्थानमा पर्छन् ।

नाडा अटो सोमा बुकिङ गर्ने आगन्तुकलाई ६ हजार रुपैया छुटका साथै चाँदीको सिक्का र विशेष यामाहा मर्चेन्डाइजबाट पुरस्कृत गरिएको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्