जीओ कम्पनीको विद्युतीय स्कुटर सार्वजनिक

काठमाडौं– जीओ इलेक्ट्रिकले नयाँ मोडलको स्कुटर सार्वजनकि गरेको छ । काठमाडौंमा मंगलबार सुरु भएको नाडा अटो सोमा जीहो एइफोर मोडलको इलेक्ट्रिक स्कुटर सार्वजनिक भएको हो ।
सो स्कुटरको कम्पनीका सेल्स म्यानेजर एलेक्स झू, जेरी कियान, कस्टमर सर्भिस इन्जिनियर सीएफमोटो जिहो, रोहिन अग्रवालका प्रोप्राइटर ऋषि ट्रेड सेन्टर र उज्जवल जोशी जनरल म्यानेजर तथा पूर्व मिस इन्टरनेसनल नेपाल नीति शाहले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
ऋषि ट्रेड सेन्टरमार्फत उपलब्ध एइफोरले शहरी जीवनलाई वातावरणमैत्री ढंगले पनि सहज बनाउने बताइएको छ । यो स्कुटरको मूल्य दुई लाख ९९ हजार ९०० तोकिएको छ ।
एइफोरको ३.० किलोवाट मोटरले यात्राका लागि उपयुक्त शक्ति प्रदान गर्दै ६५+ किमी/घण्टाको गति पुर्याउन सक्छ । यसको ३१ लिटरको भण्डारण क्षमता र फराकिलो सिटले यसलाई सहज र व्यावहारिक बनाउने कम्पनीको भनाइ छ ।