Logo

सीजी मोटर्सद्वारा नाडा अटो शोमा ४ नयाँ ब्राण्ड सार्वजनिक

काठमाडौं- सी.जी. मोटर्सले नाडा अटो शो २०८१ लाई लक्षित गरी नेपाली बजारमा ४ ओटा नयाँ ब्राण्ड सार्वजनिक गरेको छ । कम्पनीले नाडा अटो शो मार्फत नेपाली बजारलाई सुहाउँदो अवतार, एक्सपेङ्ग, रिडडारा र हिरो गरी ४ नयाँ ब्राण्ड सार्वजनिक गरेको हो ।

यी ४ नयाँ ब्राण्ड सार्वजनिक भएसँगै सी.जी. मोटर्सले नेपाली बजारमा बिक्री गर्दै आएको ब्राण्डको संख्या १० पुगेको छ । यसपटकको नाडा अटो शोमा नीटा, एक्सपेङ्ग, अवतार, आयोन, रिडारा, सीजी केवाईसी, किङ्ग लङ्ग र हिरो गरी सी.जी. मोटर्सका ८ वटा स्टल रहेका छन् । सी.जी. मोटर्सले नाडा अटो शो मार्फत नै नेपाली बजारमा अवतार सार्वजनिक गरेको छ ।

अवतारको अवतार ११ मोडल नाडा अटो शोमार्फत सार्वजनिक भएको हो । अवतार विश्वप्रसिद्ध सवारी साधन उत्पादक कम्पनी चाङ्गन, टेक्नोलोजीमा अग्रणी कम्पनी ह्वावे र उत्कृष्ट ब्याट्री उत्पादक कम्पनी सीएटीएलको साझेदारीमा उत्पादन भएको ब्राण्ड हो । अवतार ११ प्रिमियम सेग्मेन्टमा पर्ने लक्जरीयस र फ्युचुरीस्टिक एस.यु.भि. हो भने उक्त गाडी एक फुल चार्जमा ६८० किलोमिटरसम कुद्न सक्ने क्षमता राख्दछ ।

अवतार ११ मा १९० किलोवाटको मोटर जडित छ भने ९० किलोवाट आवर र ११६ किलोवाट आवरको ब्याट्री गरी नेपाली बजारमा २ भेरियन्टमा उपलब्ध हुनेछ । नाडा अटो शोमा रहेको एक्सपेङ्ग, सी.जी. मोटर्सले सार्वजनिक गरेको अर्को ब्राण्ड हो । एक्सपेङ्ग जी६ मोडल प्रिमियम सेग्मेन्टमा पर्छ भने उक्त गाडीले एक फुल चार्जमा ४३५ किलोमिटरको रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी रहेको छ ।

१९० किलोवाटको मोटर र ६६ किलोवाटको ब्याट्री रहेको एक्सपेङ्ग जी६ ले २१५ किलोवाट सम्मको डिसी फास्ट चार्ज सपोर्ट गर्छ भने १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न मात्रै २० मिनेट लाग्नेछ । त्यसैगरी नाडा अटो शो मार्फत नै सार्वजनिक गरेको अर्को ब्राण्ड हो रिडारा । रिडाराले नेपाली बजारमा रिडारा आरडी ६ सार्वजनिक गरेको हो । ६३ किलोवाट आवरको ब्याट्री र २०० किलोवाटको पिक मोटर पावर रहेको रिडारा आरडी ६ले ३७७ किलोमिटरको रेञ्ज प्रदान गर्नेछ ।

नीटाले नयाँ मोडल, नीटा एक्स नाडा मार्फत सार्वजनिक गरेको छ । नीटा एक्स स्टल नम्बर ए३ मा रहेको छ र ग्राहकहरुले उक्त स्टलबाट नीटा एक्सको अनुभव लिन सक्नेछन् । कम्पनीले दाबी गरेको ५०० किलोमिटरको रेञ्जसहित नीटा एक्समा ८ वर्ष वा १८०००० किलोमिटरसम्मको ब्याट्री र मोटर वारेन्टी पाउन सकिने छ । सीएटीएलको ब्याट्री जडित नीटा एक्सलाई फुल चार्ज गर्न ९ घण्टा लाग्दछ भने फास्ट चार्ज मार्फत उक्त गाडीलाई ३० मिनेटमै चार्ज गर्न सकिनेछ ।

त्यसैगरी आयोनले नाडालाई लक्षित गरी आयोन वाई, आयोन भी, हाइपर र हाइपर एचटी प्रदर्शनमा रहेको छ । यससँगै सी.जी. मोटर्सको प्यासेन्जर सेगमेन्टमा इलेक्ट्रिक भ्यान, सीजी केवाईसी प्रदर्शन गरिएको छ । नाडा अटो शो मार्फत सी.जी. केवाईसीले पर्यटन क्षेत्रलाई लक्षित गर्दै कम्फर्ट र सुरक्षालाई प्राथमिकता राख्दै सीजी केवाईसीको ७ सिटर इलेक्ट्रिक भ्यान सार्वजनिक गरेको छ र उक्त गाडीले यात्रुहरुलाई लक्जरी र सुरक्षित यात्राको अनुभव प्रदान गर्नेछ ।

सी.जी. केवाईसीले एक फुल चार्जमा ३०० किलोमिटरको रेञ्ज प्रदान गर्दछ भने डुअल एरब्याग, ए.बि.एस. जस्ता उत्कृष्ट सेफ्टी फिचर्सहरु समावेश गरिएको छ । यसैगरी लामो रुटको यात्राको लागि लक्जरीयस र कम्फर्टेवल यात्राको समाधान स्वरुप सी.जी. मोटर्सले किङ्गलङ्ग १९ सिटर, १६ सिटर र १५ सिटर सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्