नबिल बैंकको विशेष अटो लोन योजना
काठमाडौं– नबिल बैंकले नाडा अटो शो २०२४ लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ ।
भदौ ११ देखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने अटो मोबाइलको मेलाका रूपमा लिइने नाडा अटो शोलाई केन्द्रित गरेर यो योजना ल्याइएको हो । योजनाअन्तर्गत नबिल बैंकले ५ वर्षका लागि ८.२५ प्रतिशत र ७ वर्षका लागि ८.४९ प्रतिशत स्थिर ब्याजदरको आकर्षक प्रस्ताव ल्याएको छ ।
यसले अटो मोबाइल खरिद गर्न चाहने ग्राहकलाई दीर्घकालसम्म सुलभ र स्थिर वित्तीय सहायता उपलब्ध गराउन मद्दत पुर्याउने विश्वास गरिएको छ । ग्राहकको सुविधाका लागि बैंकले नाडा शोका क्रममा स्टल नम्बर इ१९ मा छुट्टै सेवा केन्द्र राखेको छ ।
शोमा सहभागी हुने ग्राहकहरूले गाडी छनोट गरी कर्जाको लागि अफर लेटर तुरुन्तै उपलब्ध गराइनेछ । यसका अतिरिक्त, नबिलले आफ्ना ग्राहकलाई आकर्षित गर्न अन्य विभिन्न अफरहरू पनि प्रस्तुत गरेको छ ।
चाडपर्वको माहोललाई ध्यानमा राख्दै नबिल बैंकले वित्तीय सहजता प्रदान गर्न र अटो मोबाइल खरिदको प्रक्रियालाई सरल बनाउन यो विशेष योजना सार्वजनिक गरेको हो ।