नेपाल लाइफको चेतनामूलक भिडियो
काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुले आफूले लिएका बीमालेख निरन्तरताका लागि प्रोत्साहन गर्ने र बीमालेखको सरेन्डरलाई निरुत्साहित गर्ने अभिप्रायका साथ एवम् जनचेतनामूलक भिडियो सामग्री सार्वजनिक गरेको छ ।
‘किनकि जीवन अमूल्य’ छ भन्ने मूल नारालाई आत्मसाथ गर्दै जीवन बिमा सम्बन्धी सेवा प्रवाह गर्दै आएको कम्पनीले जस्तोसुकै परिस्थिति आएपनि बीमालेख सरेन्डर गर्नु हुँदैन भन्ने सन्देश दिनको लागि यो भिडियो बनाएको जनाएको छ ।
भिडियोमा जीवन र जीवन बिमा योजनालाई ख्याल–ख्यालमै लिँदा भोलि आइपर्ने अकल्पनीय दुर्घटनाको कारण एउटा सम्पन्न र सुखी परिवार पनि कसरी आर्थिक अभावको पिडाबाट गुज्रिनुपर्छ भन्ने कुरा देखाइएको छ । मुख्य पात्रको भूमिकालाई अलि पृथक् तरिकाले प्रस्तुत गरिएको यस भिडियोमा उनको मनको व्यथालाई संगीतमार्फत व्यक्त गरिएको कम्पनीको भनाइ छ ।
काल्पनिक भिडियोमा देखाइएको जस्तो अवस्था कसैको पनि वास्तविक जीवनमा नआओस् भन्ने कामनासहित नेपाल लाइफले जीवन बिमा गरेर सुरक्षित, सुनिश्चित अनि सुनौलो भविष्यको बाटो हिँड्न तथा जीवन बिमा योजनालाई बीचमै सरेन्डर गरी अनिश्चितताको बाटो नहिँड्नसमेत आग्रह गरेको छ ।