Logo

७ वर्षमा १७० किमि सडक कालोपत्रे

दाङ– घोराही उपमहानगरपालिकाभित्र सात वर्षको अवधिमा १७० किलोमिटर सडक कालोपत्रे भएको छ । उपमहानगरपालिकाले २०७४/०७५ देखि गत आर्थिक वर्ष २०८०/०८१ सम्ममा यो मात्रामा सडक कालोपत्रे गरेको जनाएको छ ।

योबाहेक उपमहानगरपालिका क्षेत्रमा संघन सहरी विकासबाट २५ किमि, भवन तथा सहरी विकास विभागबाट तीन किमि र सडक विभागबाट १७.८५ किमि सडक कालोपत्रे भएको घोराही उपमहानगरपालिका सूचना अधिकारी भीमबहादुर चौधरीले जानकारी दिए । जनप्रतिनिधि आएपछि सडकलाई प्राथमिकता दिएर काम गरिरहेको उपमहानगरपालिकाको भनाइ छ ।

वडा कार्यालयसम्म सडक सहज रूपमा पुग्न सक्ने गरी काम गरिएको बताइएको छ । बाह्रै महिना नै उपमहानगरपालिकाबाट वडा कार्यालयसम्म सहज रूपमा आवतजावत गर्न सक्ने गरी काम गरिराखेको बताइएको छ । तर हाल सबै वडा कार्यालयसम्म बाह्रै महिना सहज रूपमा गाडी आवतजावत गर्न सक्ने अवस्था भने छैन । त्यसैगरी सडक निर्माण नहुँदा ग्रामीण क्षेत्रमा पुग्नसमेत समस्या भएको छ ।

उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ मा १८ किमि, आर्थिक वर्ष २०७५/०७६ मा १५ किमि, ०७६/०७७ मा ३३ किमि, ०७७/०७८ मा ३५ किमि, ०७८/०८९ मा ३८ किमि, ०८९/०८० मा १० किमि र आर्थिक वर्ष ०८०/०८१ मा १९ किमि सडक कालोपत्रे भएको सूचना अधिकारी चौधरीले बताए । यस्तै सात वर्षको अवधिमा उपमहानगरपालिका क्षेत्रमा २१७ किमि ग्राभेल तथा सडक स्तरोन्नति गरिएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा २८ किमि, २०७५/०७६ मा ३४ किमि, ०७६/०७७ मा ३९ किमि, ०७७/०७८ मा ४३ किमि, ०७८/०८९ मा ४३ किमि, ०८९/०८० मा सात किमि र आर्थिक वर्ष ०८०/८१ मा २० किमि सडक ग्राभेल तथा सडक स्तरोन्नति गरिएको छ । यस अवधिमा १६८ किमि सडक नयाँ स्थानीय सडक निर्माण गरिएको सूचना अधिकारी चौधरीले जानकारी दिए । यसै अवधिमा ६३ किमि सडक मर्मत गरिएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा नौ किमि, २०७५/०७६ मा ६ किमि, ०७६/०७७ मा सात किमि, ०७७/०७८ मा आठ किमि, ०७८/०८९ मा १० किमि, ०८९/०८० मा आठ किमि र आर्थिक वर्ष ०८०/०८१ मा १३ किमि सडक मर्मत गरिएको उपमहानगरपालिकाले जनाएको छ । सात वर्षको अवधिमा मोटरेबल पुल कल्भर्ट गरेर १६७ वटा निर्माण गरिएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा १५ वटा, २०७५/०७६ मा १३ वटा, ०७६/०७७ मा २९ वटा, ०७७/०७८ मा ३५ वटा, ०७८/०८९ मा ४१ वटा, ०८९/०८० मा १३ वटा र ०८९/०८० मा २० वटा मोटरेबल पुल कल्र्भट निर्माण भएका छन् । उपमहानगरपालिका क्षेत्रभित्र सात वर्षको अवधिमा ढल तथा नाला ८१ वटा निर्माण गरिएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा चार किमि, २०७५/०७६ मा १० किमि, ०७६/०७७ मा सात किमि, ०७७/०७८ मा १८ किमि, ०७८/०८९ मा १९ किमि, ०८९/०८० मा १० किमि र आर्थिक वर्ष ०८०/८१ मा १० किमि ढल तथा नाला निर्माण भएको उपपहानगरपालिकाले जनाएको छ । यस्तै यस अवधिमा तीनवटा झोलुंगे पुल निर्माण भएका छन् ।

आर्थिक वर्ष २०७७/०७८ मा दुईवटा, र आर्थिक वर्ष २०८०/०८१ मा एकवटा गरी तीनवटा झोलुंगे पुल निर्माण भएको सूचना अधिकारी चौधरीले बताए । त्यसैगरी १९ वटा पार्क निर्माण गरिएको छ । आर्थिक वर्ष २०७४/०७५ मा तीनवटा, २०७५/०७६ मा दुईवटा, ०७६/०७७ मा पाँचवटा, ०७७/०७८ मा चारवटा, ०७८/०८९ मा पाँचवटा निर्माण गरिएको थियो भने ०८९/०८० र ०८९/०८० मा निर्माण नभएको सूचना अधिकारी चौधरीले बताए ।

यसैगरी १५ वटा खेलकुद मैदान निर्माण गरिएको छ । आर्थिक वर्ष २०७४/०७५ मा एकवटा, २०७५/०७६ मा ६ वटा, ०७६/०७७ मा दुईवटा, ०७७/०७८ मा दुईवटा, ०७८/०८९ मा दुईवटा र ०८९/०८० मा दुईवटा खेलकुद मैदान निर्माण गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्