नेपालमा औद्योगिक विकासको समस्या र चुनौती

व्यापक मात्रामा रोजगारीका अवसरहरू सिर्जना हुने र समग्र जनताको आयस्तरमा वृद्धि हुने खालका प्रयास र कार्यक्रमहरू ल्याउनु आवश्यक देखिन्छ । |
नेपाली श्रमशक्ति विदेशी बजारमा आकर्षित हुनु, नेपालमा व्यवस्थापनदेखि मजदुर तहसम्म दक्ष जनशक्तिको अभाव बढ्दै जानु र नेपालमा भएका स्रोतहरू त्यत्तिकै उपभोगविहीन अवस्थामा रहनुका कारणले अहिले पनि नेपालमा लगानीकर्ताहरू ढुक्क भएर लगानी गर्न सकिरहेका छैनन् ।
समृद्घ नेपाल सुखी नेपालीको नारासहित वर्तमान सरकारले औद्योगिक विकासका लागि बढावा दिने उद्देश्य राखेको छ । नेपालको वर्तमान परिपे्रक्ष्यमा हाम्रो औद्योगिक विकासको स्थितिमा उल्लेखनीय प्रगति हुन सकेको छैन । हाम्रो छिमेकी मुलुक भारत र चीनसँगै विश्वजगत्का धेरै मुलुकमा तीव्र गतिको औद्योगिक विकासले गर्दा आफ्नो अर्थतन्त्रमा एकपछि अर्कै इतिहास रच्दै छन्, तर नेपालमा इतिहासको विभिन्न कालखण्डसँगै देशले अनेकौं समस्यासँग जुध्दै थोरै–थोरै मात्रामा मात्रै औद्योगिक विकास गरेको पाइन्छ ।
नेपालको औद्योगिक विकासका लागि विद्यमान परिवेशमा विगतमा भएका गल्ती–कमजोरीहरूलाई सच्याउँदै दु्रत गतिमा औद्यौगिक विकास गर्दै दैशको आर्थिक नीति तथा औद्योगिक नीतिहरू नै समयानुकूल नीतिगत रूपमा सुधार गर्दै कार्यान्वयन पक्षमा जोड दिनुपर्ने आएकै छ । यसर्थ देशमा आर्थिक समृद्धि हुनका लागि औद्योगिक क्रियाकलापहरूमा बढावा हुने र व्यापक मात्रामा रोजगारीका अवसरहरू सिर्जना हुने र समग्र जनताको आयस्तरमा वृद्धि हुने खालका प्रयास र कार्यक्रमहरू ल्याउनु आवश्यक देखिन्छ ।
विगतमा नेपालमा औद्योगिक नीति, २०४९ ले परिलक्षित गरेका उद्देश्य हासिल गर्न सर्वप्रथम कृषिक्षेत्रमा निर्भर अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रमा रूपान्तरण गर्नु जरुरी भएकाले औद्योगिक विकास सम्बधित क्रियाकलापहरू त्यसैतर्फ केन्द्रित गरिएको थियो । औद्योगिक नीति, २०४९ ले मार्गनिर्देश गरेअनुसार नै औद्योगिक व्यवसाय ऐन, २०४९ ले औद्योगिक विकासलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउन उद्योगहरूको प्रमाणीकरण, वर्गीकरण र नीतिहरूलाई आयकर, बिक्रीकर तथा अन्तःशुल्कमा छुट तथा सुविधा गराउने कानुनको आधार तयार पारी उद्योगहरू पmस्टाउने कार्यमा सहयोग गरेको थियो । यसका बाबजुत देशको राजनीतिक परिवर्तन कालखण्ड र अन्य विभिन्न कामले गर्दा ऐनले प्रदान गरेको सुविधा तथा सहुलियतहरूले निरन्तरता पाउन सकेन । यसका बाबजुत औद्योगिक विकासका लागि अन्य आवश्यक सस्थागत, आधारभूत पूर्वाधार सेवा उपलब्ध गराई उद्योगहरूलाई प्रतिस्पर्धी बनाउने पूर्वाधारका सेवा उपलब्ध गराई उद्योगहरूलाई प्रतिस्पर्धा बनाउने प्रयास भने जारी नै रह्यो ।
औद्योगिक विकासलाई प्रभावकारी बनाउन श्रमिकहरूको दक्षता विकास, व्यवस्थापनको कौशल अभिवृद्धि, नवीनतम प्रविधिलाई प्रोत्साहन, क्षेत्रगत लगानीमा बढावा दिने, उद्यमशीलता प्रवद्र्धन गर्न तालिम प्रदान गर्ने, संस्थागत व्यवस्था तथा उद्योगहरूलाई प्रदान गर्ने सेवासुविधाहरूलाई एकै थलोबाट प्रदान गर्ने लगायतका राम्रा प्रयासहरू भएका छन् ।
औद्योगिक विकासका लागि विगतमा सञ्चालन गरिएका विभिन्न प्रयासका बाबजुत देशमा औद्योगिक विकासले आशातीत गति लिन नसकेको यथार्थ हाम्रो सामु छर्लङ्ग छ । कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान १० प्रतिशत पनि पुग्न नसक्नु नै औद्योगिक विकास ज्यादै न्यून छ भन्ने कुराको गतिलो प्रयास हो । देशको अर्थतन्त्र विप्रेषणमा र परम्परागत कृषि प्रणालीमा निर्भर रहेको छ । हाम्रो देशमा औद्योगिक विकासको प्रचुर सम्भावना हँुदाहुदै पनि उपयुक्त व्यवस्थापन क्षमताको इच्छाशक्ति इमानदारिता र सुशासनको अभावले गर्दा आर्थिक विकासमा पछाडि पर्नुपरेको तीतो यथार्थ छ । देशमा उपलब्ध कच्चापदार्थको स्रोत खेर जानु, युवा जनशक्ति वैदेशिक रोजगारीमा जाने प्रवृत्तिले देशले आर्थिक समृद्धिको नारालाई सार्थक भइराखेको छैन । नेपाली उद्योगहरूको गुणस्तरमा सुधार, व्यावसायिक कारोबार पारदर्शी एवं बजारको नियमित अध्ययन गर्नुपर्ने सरकारी तवरबाट नेपाली उद्योगको पर्याप्त संरक्षण नरहेको हँुदा सूचना आदान–प्रदान, विदेशी लागानीमैत्री वातावरणको निर्माण, औद्योगिक मेला आदि विभिन्न औद्योगिक प्रवद्र्धनात्मक कार्यक्रममार्फत नेपाली उद्योगको प्रचार–प्रसार गर्नुपर्ने अवस्था छ । त्यसैले वर्तमान नीतिलाई समयानुकूल परिवर्तन गरी देशमा ठूला उद्योगहरूको स्थापना गराई रोजगारी र उत्पादन बढाउन लघु तथा घरेलु उद्योग बढाई स्वरोजगार सिर्जना गर्ने गरी नेपाली श्रमशक्ति भरपुर उपभोग गरी देशमा औद्योगिक विकास गर्न जरुरी देखिन्छ ।
उद्योग सञ्चालनका लागि राजनीतिक अस्थिरता, औद्योगिकअनुसार असहज श्रमसबन्ध, ऊर्जाको न्यून उपलब्धता, कमजोर औद्योगिक पूर्वाधार, दक्ष जनशक्तिको अभाव, प्रविधि ग्रहण गर्न सक्ने क्षमताको कमी,
न्यून उत्पादकत्व, कमजोर आपूर्ति व्यवस्थापनजस्ता कुराहरू वर्तमान समयको प्रमुख समस्याका रूपमा रहेका छन् । स्वदेशमै लगानी गरी पुँजीगत तथा बौद्धिक सम्पत्तिको उच्चतम उपभोग उत्पादनमूलक क्षेत्रमा गर्न र मुलुकमै स्वरोजगारका अवसरहरू बढाउन नयाँ विश्वासिलो औद्योगिक वातावरण सिर्जना गर्नु राष्ट्रिय चुनौतीका रूपमा रहेको छ ।
नेपाली श्रमशक्ति विदेशी बजारमा आकर्षित हुनु, नेपालमा व्यवस्थापनदेखि मजदुर तहसम्म दक्ष जनशक्तिको अभाव बढ्दै जानु र नेपालमा भएका स्रोतहरू त्यत्तिकै उपभोगविहीन अवस्थामा रहनुका कारणले अहिले पनि नेपालमा लगानीकर्ताहरू ढुक्क भएर लगानी गर्न सकिरहेका छैनन् । यी र यिनै समस्याहरूका अतिरिक्त नेपालको भू–बनावट, बढ्दो व्यापारिक प्रतिस्पर्धा, आर्थिक उदारीकरण, सूचना तथा सञ्चार प्रविधिको विकास र प्रयोगजस्ता चुनौतीहरूलाई मध्यनजर गर्दै औद्योगिक र व्यापारिक क्रियाकलापहरू सहज र पारदर्शी बनाई देशको बृहत् र विकासमा औद्योगिक क्षेत्रको भूमिका वृद्धि गर्नु आजको आवश्यकता हो ।
अन्त्यमा विगतका नीतिगत प्रयासमा समेट्न नसकिएका विषयहरूलाई समावेश गरी उदार र फराकिलो
औद्योगिक नीतिको निर्माण गरी कार्यान्वयनमा ल्याउन आवश्यक दोखिन्छ । नेपालले आफ्नो छिमेकी राष्ट्र«का उद्योग प्रवद्र्धनका लागि गरिएका असल प्रयास, सुविधा, सहुलियतहरूसमेतलाई मध्यनजर गरी प्रतिस्पर्धात्मक
क्षमता अभिवृद्धि गर्नु वैदेशिक लगानी संरक्षण, प्रोत्साहन गर्न सरकारी क्षेत्रबाटै विशेष कार्यक्रम कार्यान्वयनमा
ल्याउनुका साथै उद्योगलाई संरक्षण, सुविधा तथा सहुलियत उपलब्ध गराउने र औद्योगिक जनशक्ति बिकास
गर्न कार्यक्रम सञ्चालनमा ल्याउनुपर्छ । यसरी सार्वजनिक, निजी र सरकारी मोडलमा औद्योगिक बिकास गरी निर्यातमूलक उद्योग एक गाउँ एक उत्पादन, पशुपालन, जडिबुटीमा आधारित उद्योग, घरेलु तथा साना उद्योगकोको विकासतर्फ केन्द्रित हुन जरुरत छ ।