ग्लोबल आइएमई र के–ल्याबबीच सम्झौता

काठमाडौं– ग्लोबल आइएमई बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्तालाई क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के–ल्याब) मा ल्याब सम्बन्धी सेवाको शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने समझदारी भएको छ ।
उक्त समझदारीमा बैंकका बागमती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टरका प्रशासनिक निर्देशक कान्ति थापाले हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार बैंकका ग्राहकले ल्याब्रोटोरीका नक्साल र बौद्धमा उपलब्ध ल्याबसम्बन्धी सेवा बापतको भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गर्दा २५ प्रतिशत छुट पाउनेछन् ।