होण्डाको दसैं अफर सार्वजनिक
काठमाडौं– होण्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा कार दसैं उपहार, अफर माथि अफर’ नामक ग्राहकमुखी उपहार योजना ल्याएको छ ।
यो योजनाअन्तर्गत ग्राहकले होण्डाको कुनै पनि कारको खरिदमा पाँच लाखसम्मको नगद छुट, दुई वर्षका लागि गाडीको इन्स्योरेन्स, कर छुट र पाँच वर्षसम्म गाडीको सर्भिसिङको छुट सुविधा पनि पाउनेछन् ।
ग्राहकलाई सजिलो फाइनान्सको सुविधा दिन होण्डाको कार खरिद गर्दा आकर्षक ब्याजदरका साथै २० प्रतिशतसम्मको डाउन पेमेन्ट उपलब्ध गराइरहको छ । यसका साथै होण्डाले रोड साइड एसिस्टेन्सको सुविधा साथै २ वर्ष अथवा कार एक लाख किलोमिटर चलाएसम्म वारेन्टी दिने कम्पनीको भनाइ छ ।
यो योजना सीमित अवधिको लागि मात्र लागू हुनेछ । नेपालमा रुचाइएको र विश्वास गरिएको होण्डा कार को हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।