रिलायन्स फाइनान्स र काठमाडौं मेडिकल कलेजबीच सम्झौता
काठमाडौं– रिलायन्स फाइनान्स र काठमाडौं मेडिकल कलेज (केएमसी) बीच स्वास्थ्य सेवामा छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौताअन्र्तगत रिलायन्स फाइनान्सका ग्राहक, सेयरधनी तथा कर्मचारीले केएमसीले प्रदान गर्ने विविध स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको वित्तीय कारोबार गर्ने इजाजत प्राप्त फाइनान्सले देशका विभिन्न स्थानमा २१ वटा शाखा कार्यालयमार्फत वित्तीय सेवा दिँदै आएको छ ।
संस्थाले ‘वित्तीय सेवाको अर्को परिभाषा’ भन्ने नाराका साथ ग्राहकलाई सहज तथा सर्वसुलभ तरिकाले विभिन्न शीर्षकमा कर्जा प्रदान गर्दै आएको छ । यसैगरी कम्पनीले विभिन्न निक्षेप योजना लागु गरी आकर्षक व्याजसमेत प्रदान गर्दै आएको छ ।
संस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीलाई एससिटी नेटवर्क एटीएम सेवा, विभिन्न रेमिटेन्स सेवा, सीआस्वा, आइपीएस कनेक्टलगायतका सेवा पनि दिइरहेको जनाएको छ ।