Logo

नबिल बैंकको एपबाट आइएमई पेमा लोड गर्न सकिने

काठमाडौं– आइएमई पे र नबिल बैंकबीच वालेट लोड सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार नबिल बैंकको खाता भएका सेवाग्राहीहरुले आफ्नो मोबाइल बैंकिङ एपबाट सिधै आइएमई पे वालेटमा पैसा लोड गर्न सक्नेछन् ।

यस सेवाबाट नबिलका सेवाग्राहीले सरल तथा सुलभ रुपमा आइएमई पे वालेटको सेवा प्राप्त गर्न सक्ने कम्पनीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्