Logo

नेशनल लाईफ इन्स्योरेन्सको १४ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं– नेशनल लाईफ इन्स्योरेन्सले ३६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आ.व. २०७९/०८० का लागि अद्यावधिक चुक्ता पुँजीको १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब पुर्‍याउनु पर्ने बाध्यात्मक व्यवस्था गरेकोमा हालको कायम रहेको चुक्ता पुँजीमा ४ प्रतिशतको बोनस सेयर थप भई पाँच अर्ब २१ करोड पुगेको कम्पनीको भनाइ छ ।

आ.व.२०७९/०८० मा कम्पनीको सबै वित्तीय सूचकांक उत्साहप्रद रहेको सभामा बताइएको छ । कम्पनीको कूल बीमाशुल्क १६.६६ प्रतिशतले वृद्धि भई १,६८०.९० करोड पुगेको छ । समीक्षा वर्षको सञ्चालनबाट ९३१.८३ करोड रुपैयाँ थप रकम कूल बीमा करार दायित्वमा सारिएको र कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १७.७६ प्रतिशतले वृद्धि भई वर्षान्तमा ६,५४०.४० करोड पुगेको बताइएको छ ।

यस्तै कम्पनीको कुल लगानी १५.७२ प्रतिशतले वृद्धि भई ४,९७८.२० करोड रुपैयाँ पुगेको छ । कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र आ.व.२०७९/०८० मा सो दर ९.४५ प्रतिशत कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्