Logo

ज्योति विकास बैंक र ट्रान क्वालिटी स्पाबीच सम्झौता

काठमाडौं– ज्योति विकास बैंक र काठमाडौंस्थित ट्रान क्वालिटी स्पाबीच बैंकका ग्राहकलाई छुट दिनेबारे सम्झौता भएको छ ।

सम्झौतापश्चात्, बैंकका ग्राहकले ट्रान क्वालिटी स्पाका देशभरका १७ वटै आउटलेटमा हरेक सेवा तथा सुविधामा ३० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, ट्रान क्वालिटी वेलनेस कार्डबाहक बैंकका ग्राहकले ब्युटी सैलुन सेवामा ४० प्रतिशत छुट र स्पा, मसाज, स्टिम, साउना, जकुजी तथा अन्य सेवामा ६० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्ने छन् ।

बैंकले देशभर विभिन्न व्यवसायसँग सहकार्य गर्दै ग्राहकलाई विशेष छुट र सुविधा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्