नेपाल मेडिसिटीको रेडियोलोजीमा आर्टिफिसियल इन्टेलिजेन्स सेवा

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले आउँदो दशकमा हाम्रो जीवनको हरेक पक्षलाई परिवर्तन गर्दैछ जसको वास्तविकता विशेष गरी चिकित्सा क्षेत्रमा धेरै स्पष्ट छ । रेडियोलोजी र मेडिकल इमेजिङको क्षेत्रमा एआईले ठूलो प्रगति गरेको छ ।
यूएस एफडीएका धेरै अनुमोदनहरूका अनुुसार रोगको परीक्षण हुने तरिका तथा यसको निदानको तरिका परिमार्जित हुँदै आएको छ । यसै सन्दर्भमा मुलुकको एक अग्रणी तथा प्रगतिशील स्वास्थ्य अस्पताल नेपाल मेडिसिटी अस्पतालले संसारकै उत्कृष्ट इजरायली जेब्रा मेडिकल भिजनसँग साझेदारी गरेको छ जुन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सहितको रेडियोलोजीका लागि संसारकै उत्कृष्ट मानिन्छ ।
अस्पतालले यसबाट नेपालीहरूले स्वदैशमै उच्च गुणस्तरीय परीक्षण प्राप्तगर्न सक्ने अपेक्षा पनि गरेको छ । नेपालबाट प्रत्येक वर्ष ३ देखि ४ लाख नेपाली नागरिकहरू स्वास्थ्य उपचारका लागि विदेश जाने गरेकाले नेपालबाट ठूलो धनराशि पनि बिदेसिने गरेको छ ।
नेपाल मेडिसिटीको रेडियोलोजी तथा इमेजिङ केन्द्र वरिष्ठ रेडियोलोजिस्ट डा. रामकुमार घिमिरेको नेतृत्वमा रहेकोमा यस विभागमा आर्टिफिसियल इन्टेलिजेन्स सहितको थप सुरक्षित र गुणस्तीय एवं विशिष्ट सेवा प्रदान गर्न तयार भएको अस्पतालले जनाएको छ ।