ग्लोबल आईएमई क्यापिटल साधना लघुवित्तको सेयर बिक्री प्रबन्धक

ग्लोबल आईएमई क्यापिटल लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेडकाबीच ६ लाख ३० हजार कित्ता साधारण सेयर प्रतिकित्ता १ सय रुपैयाँका दरले हुने कुल रकम ६ करोड ३० लाख रुपैयाँ निष्कासन तथा बिक्री गर्ने सम्बन्धमा बिहीबार ग्लोबल आईएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल तथा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले एक समारोहकाबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
गोरखा जिल्लाको सदरमुकाम गोरखा बजारको हरमटारीस्थित केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले तनहुँ जिल्लाको डुम्रेमा रहेको आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई हालै मात्र प्राप्ति (एक्विजिसन) गरेर ‘घ’ वर्गको लघुवित्त संस्थाहरूमा मर्जर÷एक्विजिसन गर्ने पहिलो लघुवित्त वित्तीय संस्थाको रूपमा दर्ज भएको छ भने एक्विजिसनपश्चात् हालै मात्र साधना लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाका रूपमा इजाजतपत्र समेत प्रदान गरेको छ । हाल १४ करोड ७० लाख चुक्ता पुँजी रहेको साधारण सेयर निष्कासनपश्चात् जारी तथा चुक्ता पुँजी २१ करोड रुपैयाँ पुग्नेछ ।