Logo

ग्यालेक्सी ‘ए’ सिरिज र ग्यालेक्सी ट्याब एस९ एफईमा ‘सर्कल टु सर्च’ फिचर उपलब्ध

काठमाडौं- सामसङले ग्यालेक्सी ‘ए’ सिरिज र ट्याब एस९ एफईका निम्ति गुगलमा ‘सर्कल टु सर्च’ फिचर उपलब्ध गराएको छ । प्रयोगकर्तालाई उत्कृष्ट मोबाइल प्रविधि उपलब्ध गराउन सामसङ र गुगलको निरन्तरको प्रयासस्वरूप यो सुविधा ल्याइएको कम्पनीले जनाएको छ ।

ग्यालेक्सी एस२४ सिरिजमा सुरु सर्कल टु सर्च फिचर ग्यालेक्सी जेड फिल्प६ र जेडफोल्ड६ लगायत फोनमा पनि उपलब्ध हुँदै गएको छ । सर्कल टु सर्चले पृष्ठको अनुवाद, गृहकार्यमा मद्दत र क्यूआर तथा बारकोड स्क्यानिङ क्षमता थप गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले अब ग्यालेक्सी ‘ए’ सिरिज र ग्यालेक्सी ट्याब एस९ एफई सिरिजका साथै सामसङका उत्पादनका अरू लाइनअपमा पनि सर्कल टु सर्चसहित थप जटिल प्रश्न सोध्ने क्षमता उपलब्ध हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्