मुक्तिनाथ विकास बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता

काठमाडौं- मुक्तिनाथ विकास बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहकार्यको लागि सम्झौता भएको छ ।
महासंघसँगमा आवद्ध घरेलु तथा साना उद्योगहरुलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह हुने गरी यस क्षेत्रको आर्थिक विकास एवं वित्तीय तथा व्यवसायिक शिक्षामा योगदान पुर्याउने उद्देश्यसहित सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायब प्रमूख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्य र महासंघको तर्फबाट महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता बमोजिम अगामी दिनमा महासंघमा आवद्ध घरेलु तथा साना उद्योगीहरुलाई बैंकले व्यवसाय तथा त्यसको सम्भाव्यतालाई मुख्य आधार मानी सरल र सहज तरिकाबाट सर्वसुलभ ब्याजदरमा कर्जा लगानी गर्ने र उद्यमीको विकासको लागि वित्तीय र व्यवसायिक साक्षारताको लागि सहकार्य गर्नेछ । महासंघको अध्यक्ष सिंहले खुशी व्यक्त गर्दै अगामी दिनमा झन सहज तरिकाबाट उद्योगीहरुले ऋण सुविधा प्राप्त गर्ने र आवश्यक व्यवसायिक साक्षारतामा बैंकको सहकार्य हुनेमा विश्वास व्यक्त गरे ।