Logo

कमला नदी पुलबारे सरकारले चासो नदेखाएको अनसनरत युवाको गुनासो

काठमाडौं- धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै आमरण अनसन बसेको बिहीबार तेस्रो दिन पनि सरकारले चासो नदेखाएको अनसनरत युवाहरुले गुनासो गरेका छन् । अनसनको तेस्रो दिन बिहीबार पनि सरकारले चासो नदेखाएको उनीहरुले बताएका हुन् ।

युवाहरुको स्वास्थ्य अवस्था बिग्रिँदै गइरहेको चिकित्सकले बताएका छन् । अनसनमा बसेका युवाहरुको स्वास्थ्य स्थितिको चेकजाँचका लागि पुगेका चिकित्सक विपिनकुमार यादवले अनसनकारी युवाको स्वास्थ्य स्थिति कमजोर हुँदै गइरहेको बताए ।

उनकाअनुसार खाना नखाएकाले उनीहरुका ग्लुकोज तथा पानीको मात्राको अभाव भएको छ । यता आन्दोलनको नेतृत्व गरिरहेका प्रविण यादवले मुख्यमन्त्री सतिशकुमार सिंहले युवाहरुको अनशनलाई स्टन्टको संज्ञा दिएकोप्रति दु:ख व्यक्त गरेका छन् ।

आमरण अनसनमा बसेको तीन दिन भइसक्दा समेत प्रदेश सरकारबाट हालखबर बुझ्नसम्म कोही नआएको दु:खेसो पोखे । उनले अनसन बसेको पहिलो दिन भौतिकमन्त्री सरोज यादव भेट्न आएपनि हाम्रो माग सम्बोधन गर्ने प्रयास नगरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्