एनआईसी एसिया क्यापिटल र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच सम्झौता

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले १ः १ को अनुपातमा साविकका सेयरधनीहरूलाई जारी गर्न लागेको ११ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड, बबर महल काठमाडौंलाई नियुक्त गरेको छ । बिहीबार एनआईसी एसिया क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनक राज ढुंगेल र स्वदेशी लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुण्यप्रसाद खनियाले सम्झौतापत्रमा हस्ताक्षर गरे । निष्कासन तथा बिक्री प्रबन्धकसँगैै एनआईसी एसिया क्यापिटल पुँजी बजारमा लगानीकर्ताहरू माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), सामूहिक लगानी कोष, निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । एनआईसी एसिया क्यापिटलले निःशुल्क डिम्याट खाता साथै प्रथम वर्षको डिम्याट खाता सञ्चालन निःशुल्क गरेको छ ।