कुमारी बैंक र नेपाल मेडिसिटी अस्पतालबीच सम्झौता

कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौतामा कुमारी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी तथा नेपाल मेडिसिटी अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले हस्ताक्षर गरे ।
उक्त सम्झौतापश्चात् कुमारी बैंकका ग्राहक तथा कर्मचारीहरूले अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । निजी क्षेत्रको सबैभन्दा सुविधासम्पन्न उक्त नेपाल मेडिसिटी अस्पताल गैर आवासीय नेपाली संघ (एनआरएन) का संस्थापक उपेन्द्र महत्तोको लगानीमा स्थापना गरिएको हो ।
कुमारी बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुराउने उद्देश्यले ७४ वटा शाखा, ५८ वटा एटीएम तथा २ वटा एक्सटेन्सन काउन्टरहरूद्वारा सेवा दिइरहेको छ । त्यस्तै बैंकले अत्याधुिनक प्रविधियुुक्त इन्टरनेट बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा तथा भाइबर बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।