पोखरामा २४ सै घण्टा स्वास्थ्य सेवा «

पोखरामा २४ सै घण्टा स्वास्थ्य सेवा

पोखरा: १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा हुने ८ वटा खेलहरुको लागि पोखरा रंगशालामा १२ र होटलहरुमा चौबिसै घण्टा चिकित्सक सहितको मेडिकल सेवा उपलब्ध हुने भएको छ । साग लक्षित पोखरामा आउने खेलाडी एवं अफिसियलहरुको स्वास्थ्य उपचारको लागि पोखरा रंगशालामा १२ घण्टा र आवासिय रुपमा बस्ने होटलहरुमा भने चौबिसै घण्टा चिकित्सक सहितको मेडिकल सेवा उपलब्ध गराउने भएको १३ औं साग पोखरा स्वास्थ्य समितिका संयोजक डा.पदम खड्काले बताए ।
पोखरा रंगशालाभित्र खेल हुने पाँच ठाउँमा फस्र्ट एडसहितको मेडिकल टोलीहरु रहने भएको उनले जनाए । पोखरा रंगशालाभित्र महिलातर्फको क्रिकेट र फुटबल हुने भएको छ । चिकित्सक सहितको फिजियोथेरापिको टोली मेडिकल सेन्टरमा रहने आवश्यक परेको खण्डमा तत्काल पुग्ने गरी प्रबन्ध मिलाएको संयोजक डा. खड्काले बताए । -यापिड रेस्पोन्स टिम पनि तैनाथ हुने उनले जनाए । सुरक्षाका तीनै अंग नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेनाको टीम समेत परिचालन हुने डा. खड्काले बताए । पोखरा रंगशालामा मेडिकल सेन्टर स्थापना भएको छ ।
एम्बुलेन्स सेवा तयारी अवस्थामा हुने बताएका डा. खड्काले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल शिक्षण अस्पताल सहितका पोखरामा भएका सम्पूर्ण निजी अस्पतालहरुले साग लक्षित आवश्यक पर्ने सेवा प्रदान गर्ने जनाए । नेपाल रेडक्रस सोसाइटीले समेत सहयोग गर्ने भएको छ ।
सागमा सहभागी हुन नेपालबाहेक अन्य देशका खेलाडीहरु पोखरा आउन थालेको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका प्रमुख लक्ष्मण योगीले बताए । उनका अनुसार व्याडमिन्टनका बंगलादेश, भुटानका खेलाडीहरु पोखरा आइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्