टिप्पर दुर्घटनाका घाइतेको हेलिकोप्टरबाट उद्धार

हुम्लाको नाम्खा सल्लीबाट सामान ढुवानी गरीरहेको लु.४ ख ३२६९ नम्बरको टिप्पर दुर्घटना हुँदा घाइतेको २० घण्टापछि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । घाइते भएका १३ जनामध्ये सिमकोट गाउँपालिका वडा नं. ६ का बक्त रोकायाकोाजिल्ला अस्पतालमा उपचारको क्रममा नै मृत्यु भएको छ । मृतकको संख्या ४ पुगेको छ ।
बुधबार दिउँसो २ बजे भएको दुर्घटनामा मृत्यु हुनेमा नाम्खा गाउँपालिका वडा नं. १, हेप्का गाउँका छिरिङ्ग कर्मा तामाङ्ग, नरी लामा, खार्पुनाथ १ का बबरजंग शाही रहेका छन् । गाडी मालिक र मृतकका परिवारबीच प्रतिमृतक परिवारलाई ३ लाख ५० हजार क्षतिपूर्ति दिने सहमतिपछि मृतकका परिवारले शव उठाएका थिए । घाइतेमध्ये ११ जनाको नेपालगञ्जतर्फ उपचारको लागि लगिएको छ ।
४ जनाको दुर्घटनामा मृत्यु भएपछि मृतकका आफन्त र सिंगो हुम्ला जिल्ला नै शोकमग्न भएको छ । जिल्ला अस्पतालबाट निवृत्त रहेका मृतक बक्त रोकाया, भरखरै हिल्सा सिमकोट सडक खण्डमा १ महिना अगाडिमात्रै नियुक्त भई फिल्डमा नाम्खा गाउँपालिकामा गएका प्राविधिक बबरजंग शाही, २ जना नाम्खा गाउँपालिका वडा नं. १ का २ जनाको मृत्यु भएको छ ।
मृतकको दाहसंस्कारको लागि स्थानीय सिमकोटमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थी विद्यालयमा उपस्थित नहुँदा विद्यालयको पठनपाठन समेत प्रभावित भएको छ ।