सिटिजन्स बैंक र चिरायु नेसनल हस्पिटलबीच सहकार्य «

सिटिजन्स बैंक र चिरायु नेसनल हस्पिटलबीच सहकार्य

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट प्रालि, बसुन्धराबीच बैंकका ग्राहकवर्गलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौतापश्चात् सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहक महानुभावहरूले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युटमा उपचार गराउँदा तथा अन्य सेवा लिँदा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्