सिटिजन्स बैंकको ‘पार्टनर फर प्रोग्रेस’ भिडियो प्रतियोगिताका विजेता पुरस्कृत
काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पार्टनर फर प्रोग्रेस फेसबुक भिडिओ प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण गरेको छ । १८ वर्षदेखि बैंकिङ सेवा, सुविधा प्रदान गर्दै आएको सिटिजन्स बैंकले आफ्ना ग्राहकहरुसँगको संलग्नतालाई बढाउन गत जेठ र आषाढमा पार्टनर फर प्रोग्रेस, हजुरको प्रगतिको सहयात्री नामक फेसवुक भिडियो प्रतियोगिताको आयोजना गरेको थियो ।
व्यक्तिगत वा व्यावसायिक रूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने व्यक्ति वा संघ संस्थालाई सबै माझ चिनाउने र सम्मान गर्ने उद्देश्यले बैंकले सो प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगिताको समाप्ती संगै छानिएका उत्कृष्ट तीन बिजेतालाई बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा आज आयोजित एक समारोहका बीच सम्मान स्वरुप चेक हस्तान्तरण गरे ।
उत्कृष्ट भएकी निकिता गुरुङ, द्वितीय बबिता दुलाल बस्ताकोटी र तृतीय कृशल श्रेष्ठलाई क्रमश नगद पुरस्कार ५०,००० ३०,००० र २०,००० रूपैयाँ प्रदान गरिएको छ । जीवनमा सफलता प्राप्ति गर्न र आफूले चाहेको लक्ष्य हाँसिल गर्न आफ्नो परिवारका सदस्यहरु जस्तै श्रीमतीको लागी श्रीमान र बच्चाहरु, बहिनीको लागी दाजु र छोराको लागी बुवाको भूमिका निकैनै महत्त्वपूर्ण हुने कुरा उनीहरुले आ(आफ्नो भिडियो मार्फत दर्शाएका छन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।