राष्ट्रपति निर्वाचन २९ फागुनमा «

राष्ट्रपति निर्वाचन २९ फागुनमा

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचनको मिति फागुन २९ गते तय गरेको हो ।
आयोगका अनुसार फागुन २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ भने २१ गते मतदाता नामावली प्रकाशित हुनेछ । २३ गते विहान १० बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तय गरिएको छ । दावी विरोध, फिर्तालगायतका प्रक्रिया पु¥याएर २४ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुने आयोगले जनाएको छ । २९ गते विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । त्यही दिन ४ बजेबाट मतगणना सुरु हुनेछ । यदि कुनै उम्मेदवारले निर्वाचक मण्डलको कुल सदस्यको बहुमत प्राप्त नगरे फेरि मतदान गराइने आयोगले जनाएको छ । राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरुले मतदान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्