साफ यू-२० च्याम्पियनसिप फुटबल: प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस् एचडीमा

काठमाडौं- साफ यु २० च्याम्पियनसिप फुटबलको एक्सन स्पोर्टस एचडीले वानले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । १० दिनसम्म चल्ने प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने सम्झौता भएको डिश मिडिया नेटवर्क लिमिटेडले जानकारी दिएको छ ।
दशरथ रंगशालामा आइतबार सुरु हुने च्याम्पियनमा नेपालसहित ६ राष्ट्रको सहभागिता रहनेछ । समूह ए मा नेपालसहित बंगालादेश र श्रीलंका छन् । भारत, भुटान र माल्दिभ्स समूह बीमा छन् । नेपालले उद्घाटनमा श्रीलंकाको सामना गर्नेछ । समूह चरणको खेलपछि समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् ।