सामाजिक सुरक्षामा सूचिकरणको हुनुको विकल्प छैनः उपप्रधानमन्त्री पोखरेल «

सामाजिक सुरक्षामा सूचिकरणको हुनुको विकल्प छैनः उपप्रधानमन्त्री पोखरेल

कोषमा हालसम्म श्रमिकको १८ करोड १३ लाख रुपैयाँ जम्माकोषमा हालसम्म श्रमिकको १८ करोड १३ लाख रुपैयाँ जम्मा
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुको विकल्प नभएको बताएका छन् । सामाजिक सुरक्षा दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले कुनै पनि बहाना बनाएर सामजिक सुरक्षा कोषमा आवद्ध हुनबाट भाग्ने छुट कसैलाई पनि नभएको बताएका हुन् ।
पहिलो सामाजिक सुरक्षा दिवसको उद्धघाटन गदै सरकारले श्रमिकप्रतिको कल्याणकारी दायित्व पूरा गर्न श्रमिक र रोजगारदाता दुवैका लागि व्यवस्थित ऐन बनाएको समेत बताए । सामाजिक सुरक्षा योजनामा पुस्तौं पुस्ताका लागि हुने गरी बनाइएको जनाउँदै सबै रोजगारदातालाई सहकार्य गर्न अनुरोध समेत गरे ।कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले सुरक्षा योजनाले वैदेशिक रोजगारीलाई निरुत्साहित गर्न सहयोग गरी स्वदेशमा नै रोजगारी प्रवद्धन गर्न सघाउ पु-याउने गरी अघि बढाइरहेको बताए ।
‘औपचारिक क्षेत्रबाट सुरु भएको सामाजिक सुरक्षा योजनामा अनौपचारिक र स्वरोजगार क्षेत्रलाई पनि समेट्दै लैजाने छ,’ मन्त्री यादवले भने, ‘साउनबाट कार्यान्वयनमा ल्याइएको योजनामा श्रमिकहरुको उत्सहाजनक सहभागिता देखिएको छ ।’ यसैगरी सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले कोषमा हालसम्म १० हजार ४ सय ७७ रोजगारदाता र १ लाख १५ हजार ६ सय ६ श्रमिक सूचीकृत भइसकेको  बताए ।
उनले कोषमा हालसम्म १८ करोड १३ लाख २ हजार ७ सय ८१ रुपैयाँ योगदानकर्ताको रकम संकलन भइसकेको जानकारी दिए । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघ सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्ने काममा प्रतिबद्धताका साथ लागिरहेको जनाउँदै योजनाको प्रभावकारी कार्यान्वयनमा महासंघले आवश्यक सहयोग र समन्वयन गर्ने बताए । यसैगरी महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालको परिवेश अनुसार योजनामा सामेल हुने रोजगारदाता फरक फरक भएकाले चरणवद्ध रुपमा सूचिकरण हुने वातावरण मिलाउनु पर्ने बताए ।
उपाध्यक्ष गोल्छाले सामाजिक सुरक्षा योजना कार्यविधिमा अझैं पनि सुधार गर्नुपर्ने विषय रहेकाले सोही अनुसार अघि बढ्नुपर्ने बताए ।नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठले सामाजिक सुरक्षा योजना कार्यन्वयनमा रोजगारदाताको तर्फबाट समेत हस्ताक्षर गरी सहमति लिएको भएपनि सोचे अनुसार श्रमिक र रोजगारदाता सूचिकरण नभएकोे बताए । उनले योजना रोजगारदाता र श्रमिकको हितमा ल्याएको कार्यक्रमलाई सहयोग गर्न अनुरोध गदै सूचिकरण नहुनुको विकल्प नरहेको बताए ।सूचिकरणमा प्रदेश ३ अगाडीयोजनामा सूचीकृत हुने रोजगारदाता र श्रमिकमा सबैभन्दा बढी प्रदेश–३ बाट रहेका छन् । यो प्रदेशबाट ८७ हजार २४२ श्रमिक र ७ हजार ४६ रोजगारदाता सूचीकृत भएको कोषले जनाएको छ ।
यसरी नै सबै भन्दा कम कर्णाली प्रदेशबाट १०५ रोजगारदाता र १५० श्रमिक सूचिकरण भएका छन् । प्रदेश–१ बाट १ हजार ७०६ रोजगारदाता र १५ हजार ७३५ श्रमिक सूचिकरण भएका छन् । गण्डकी प्रदेशबाट ४८७ रोजगारदाता र ३ हजार ११ श्रमिक, प्रदेशन नं २ बाट ४१३ रोजगारदाता र ६ हजार ८५२ श्रमिक सूचीकृत भएको छन् । यस्तै प्रदेश–५ बाट ६१० रोजगारदाता र २ हजार २०७ श्रमिक सूचीकृत भएका छन् । सुदूरपश्चिम प्रदेशबाट १०१ रोजगारदाता र ४०९ श्रमिक कोषमा सूचिकृत  भएका छन ।

 

योजनामा सूचिकृत १० ठूला रोजगारदाता
रोजगारदाता सूचिकृत श्रमिक संख्या
गरुड सेक्युरिटीज प्राली ९८८२
रिलायन्स स्पिनिंग मिल्स लि. ४१६३
जिफोरएस सेक्युरिटी सर्भिस प्राली ३७९८
जिफोर्स सेक्युरिटी प्राली २७८३
इन्फोटेक सर्भिसेज प्राली २३३१
सीजी फुड्स प्राली १७६८
त्रिबेणी स्पेनिंङ मिल्स १६६७
जगदम्बा स्टिल १४९२
किरण सूज म्यानुफ्क्चरर्स १४८८
नोबेल मेडिकल कलेज शिक्षण अस्पताल ११९९

प्रतिक्रिया दिनुहोस्