युवालाई सहुलियतपूर्ण कर्जा दिन तीन बैंक सहमत «

युवालाई सहुलियतपूर्ण कर्जा दिन तीन बैंक सहमत

युवाहरुलाई सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान दिन तीन वाणिज्य बैंक सहमत भएका छन् । बुधबार राष्ट्रिय युवा परिषद र बैंकहरुको सयुंक्त आयोजनामा भएको कर्जा घोषणा कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकले युवाहरुलाई सहुलियतपूर्ण कर्जा दिन सहमति जनाएका हुन् ।
बैकहरुले सरकारले ल्याएको सहुलियतपूर्ण कर्जा कार्यक्रममा सहमति जनाउँदै राष्ट्रिय युवा परिषदसँग सम्झौता पत्रमा हस्ताक्षर पनि गरेका छन् । सम्झौता पत्रमा परिषदका उपाध्यक्ष माधव ढुङ्गेलसँग राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकरी अधिकृत किरणकुमार कार्की, नेपाल बैंकका सिइओ कृष्णबहादुर अधिकारी र कृषि विकास बैंकका सिइओ अनिलकुमार उपाध्यायले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । अब यी तीन बैंकले कार्यविधिमा उल्लेख भएका नौ प्रकारका कर्जा लक्षित समुदायलाई प्रवाह गर्ने बताइएको छ । यसलाई प्रभावकारी रुपमा अगाडि बढाउन परिषदले एनएमबी बैंकको सहकार्यमा युवाहरुलाई साक्षरताको तालिम र परामर्श प्रदान गर्ने बताइएको छ ।
युवाहरुलाई स्वरोजगार तथा उद्यमी बनाउनका लागि सरकारले गत वर्ष ल्याएको यो कार्यक्रम प्रभावकारी रुपमा अगाडि नबढेपछि परिषदले पुनः कार्यविधि संंशोधनको माग गरेको थियो । अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाक लागि व्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधि संशोधन भएसँगै कार्यक्रम प्रभावकारी बनाउन परिषदले कदम चालेको बताइएको छ ।
कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले ग्राहकलाई सानो ठूलो भनेर विभेद गर्न नहुने बताए । उनले कर्जा लिने ग्राहकहरुको स्तर हेरेर विभेद गर्न नहुने बताएका हुन् । ‘यो सहुलियतपूर्ण कर्जा सम्झौता कार्यक्रममा म पनि साक्षी छु’ उनले भने, ‘यो पूरा गर्नु मेरो पनि दायित्व हुन्छ, कर्जा विभेद मात्र होइन बैंकहरुले सहुलियतपूर्ण कर्जा नदिएपनि कारबाही गर्नेछु ।’
राष्ट्रिय वाणिज्य बैंकका सीइओ श्रेष्ठले बैंकले हालसम्म ६ हजार ३ सय १४ जनालाई ६ अर्ब ८१ करोड ६० लाख रुपैयाँ सहुलियतको कर्जा वितरण गरेको बताए । यस्तै, नेपाल बैंकका सीइओ उपाध्यायले कृषि बैंकले ७ अर्ब सहुलियतपूर्ण कर्जा प्रवाह गरेको बताए । उनले बैंकहरुले उत्पादन क्षेत्रमा लगानी गर्नु सकरात्मक भएको बताए । नेपाल बैंकका सीइओ अधिकारीलेले पनि नेपाल बैंकले ३ हजार युवालाई ३ अर्ब ३१ करोड सहुलियतपूर्ण कर्जा प्रवाह गरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्