गठ्ठाघरमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

काठमाडौं– ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार ती महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् ।
बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको हो । ठक्करबाट महिलाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुने महिलाको परिचय खुलेको छैन । घटनापछि मानिसहरुले ट्रकमा तोडफोड गरेका छन् ।