Logo

प्रतिनिधिसभाको अर्काे बैठक भदौ ६ गते

प्रतिनिधिसभाबाट संक्रमणकालिन न्याय सम्बन्धित विधेयक पारित

काठमाडौं- प्रतिनिधिसभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए ।

सभामुख देवराज घिमिरेले विधेयक सभाको बैठकबाट पारित भएको घोषणा गरे । त्यसैगरी सभामुख घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ ६ गतेको बैठकमा हुनेगरी निर्धारण गरिएको जानकारी दिए । प्रश्नोत्तरका लागि समूह ७ मा रहेका सांसदहरुले भदौ २ गते दिउँसो २ बजेभित्र प्रतिनिधि सभाका सचिवलाई आफ्नो प्रश्न लिखित रुपमा दिन उनले आग्रह गरे ।

प्रतिनिधिसभाको आगामी बैठक भदौ ६ गते बिहीबार दिनको १ बजे बस्नेगरी बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्