धादिङको स्थानीय तहमा बेरुजु बढ्यो

धादिङ– धादिङको स्थानीय तहमा बेरुजु बढेको छ । महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षण गर्दा बेरुजु बढेको देखिएको हो । आर्थिक वर्ष २०७४–७५ देखि २०७९–८० सम्म ६ वर्षको अवधिमा तीन अर्ब २७ करोड बेरुजु पुगेको छ । आर्थिक वर्ष २०७९–८० मा मात्रै ११ पालिकाको असुल उपर गर्नु पर्ने बेरुजु २४ करोड ३४ लाख पुगेको महालेखा परीक्षकको कार्यालयले गरेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।
गंगाजमुना गाउँपालिकाको आव २०७९–८० को लेखापरीक्षणबाट १ करोड ५५ लाख बेरुजु देखिएको छ । सो सम्बन्धमा चार लाख ३ हजार प्रतिक्रिया प्राप्त भएकोमा सो उपर कारबाही भई बाँकी बेरुजु असुल गर्नुपर्ने ९७ हजार ५ सय २७, प्रमाण कागजात पेश गर्नु पर्ने एक करोड ३२ लाख, नियमित गर्नुपर्ने १८ लाख ६६ हजार गरी १ करोड ५१ लाख रहेको छ ।
गत वर्षसम्म १९ करोड २६ लाख बेरुजु बाँकी रहेकोमा सो बेरुजुमध्ये यस वर्ष ३८ लाख ६५ हजार सम्परीक्षण भई हालसम्मको अद्यावधिक बेरुजु २० करोड ३९ लाख रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । यसैगरी रुवीभ्याली गाउँपालिकाको आव २०७९–८० को लेखापरीक्षणबाट २ करोड ८२ लाख बेरुजु देखिएको छ । सो सम्बन्धमा ८५ लाख ४२ हजार प्रतिक्रिया प्राप्त भएकोमा कारबाही भई बाँकी बेरुजु असुल गर्नुपर्नेमा ६८ लाख २६ हजार, प्रमाण कागजात पेश गर्नु पर्ने एक करोड २० लाख रहेको छ ।
पालिकाको गत वर्षसम्म १७ करोड ६१ लाख बेरुजु बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजु १९ करोड ५७ लाख रहेको छ । यसैगरी सिद्धलेक गाउँपालिकाको आव २०७९–८० को लेखापरीक्षणबाट चार करोड ९९ लाख बेरुजु देखिएको छ । सो सम्बन्धमा दुई करोड २६ लाख प्रतिक्रिया प्राप्त भएकोमा सोमाथि कारबाही भई बाँकी बेरुजु असुल गर्नुपर्ने ५१ लाख १९ हजार, प्रमाण कागजात पेश गर्नु पर्ने एक करोड ९८ लाख, नियमित गर्नुपर्ने २० लाख ५८ हजार र पेश्की बाँकी एक लाख ९४ हजार गरी २ करोड ७२ लाख रहेको छ ।
नीलकण्ठ नगरपालिकाको आव २०७९–८० को लेखापरीक्षणबाट एक करोड ४८ लाख बेरुजु देखिएको छ । सो सम्बन्धमा दुई लाख नौ हजार प्रतिक्रिया प्राप्त भएकोमा सो उपर कारबाही भई बाँकी बेरुजु असुल गर्नुपर्ने २७ लाख ७९ हजार, प्रमाण कागजात पेश गर्नु पर्ने २५ लाख १९ हजार, नियमित गर्नुपर्ने ४६ लाख १७ हजार र पेश्की बाँकी ४७ लाख १५ हजार गरी १ करोड ४६ लाख रहेको छ । गत वर्षसम्म ९७ करोड २१ लाख बेरुजु बाँकी रहकोमा हालसम्मको अद्यावधिक बेरुजु ४२ करोड ५६ लाख रहेको छ ।
यसैगरी नेत्रावती दवजोङ गाउँपलिकाको सबैभन्दा कम बेरुजु रहेको छ । आव २०७९–८० को लेखापरीक्षणबाट ७१ लाख ८१ हजार बेरुजु देखिएको छ । गत वर्षसम्म तीन करोड ७२ लाख बेरुजु रहेकोमा हालसम्मको अद्यावधिक बेरुजु तीन करोड २४ लाख २२ हजार रहको छ । ज्वालामुखी गाउँपालिकाको आव २०७९–८० लेखापरीक्षणबाट तीन करोड २५ लाख रुपैयाँ बेरुजु देखिएको छ । गत वर्षसम्म १५ करोड पाँच लाख बेरुजुमध्ये यस वर्ष दुई लाख दुई हजार सम्परीक्षण भई १५ करोड तीन लाख बाँकी रहकोमा हालसम्मको अद्यावधिक बेरुजु १८ करोड २८ लाख रहेको छ ।
यसैगरी बेनीघाट रोराङ गाउँपालिकाले आव २०७९–८० बेरुजु शून्यमा राखेको छ । आव २०७९–८० को लेखापरीक्षणबाट ६७ लाख ४७ हजार बेरुजु देखिएको छ । सो सम्बन्धमा ६७ लाख ४७ हजारको प्रतिक्रिया प्राप्त भएकोमा सो उपर कारबाही हँदा बेरुजु फस्र्यौट भएको छ । गत वर्षसम्म ४४ लाख ३० हजार बेरुजु बाँकी रहकोमा हालसम्मको अद्यावधि बेरुजु ४४ लाख ३० हजार रहको छ । थाक्रे गाउँपालिकाको आव २०७९–८० को लेखापरीक्षणबाट ११ करोड २३ लाख बेरुजु देखिएको छ ।
सो सम्बन्धमा प्रतिक्रिया प्राप्त नभएकोल बाँकी बेरुजु असल गर्नुपर्ने नौ करोड आठ लाख ६९ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने एक करोड एक लाख, नियमित गर्नु पर्ने ६६ लाख ४३ हजार र पेश्की बाँकी ४६ लाख ८३ हजार रहको छ । गत वर्षसम्म २८ करोड ७७ लाख बेरुजु बाँकी रहेकोमा हालसमको अद्यावधिक बेरुजु ३३ करोड २५ लाख रहेको छ । यसैगरी धुनीवेसी नगरपिलकाको आव २०७९–८० को लेखापरीक्षणबाट १३ करोड २९ लाख बेरुजु देखिएको छ ।
गतवर्षसम्म ३३ करोड १८ लाख ५२ हजार बेरुजु बाँकी रहकोमा यस वर्ष तीन करोड ८४ लाख सम्परीक्षण भई हालसम्मको अद्यावधिक बेरुजु ४२ करोड ५४ लाख रहेको छ । त्रिपुरासुन्दरी गाउँपालिकाको आव २०७९–८० को लेखापरीक्षणबाट दुई करोड ३८ लाख बेरुजु देखिएको छ । गत वर्षसम्म २६ करोड ६७ लाख बेरुजु बाँकी रहकोमा सम्परीक्षणबाट २७ लाख फस्र्यौट भई हालसम्मको अद्यावधिक बेरुजु २८ करोड ७८ लाख रहेको छ ।
यसैगरी गजुरी गाउँपालिकाको आव २०७९–८० को लेखापरीक्षणबाट तीन करोड ६४ लाख बेरुजु देखिएको छ । गत वर्षसम्म २७ करोड ९० लाख बेरुजु बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजु २८ करोड ३४ लाख रहेको छ । खनियावास गाउँपालिकाको आव २०७९–८० को लेखापरीक्षणबाट १० करोड २३ लाख बेरुजु देखिएको छ । गत वर्षसम्म १५ करोड ७८ लाख बेरुजु बाँकी रहकोमा हालसम्मको अद्यावधिक बेरुजु १६ करोड ५८ लाख रहेको छ ।
गल्छी गाउँपालिकाको आव २०७९–८० को लेखापरीक्षणबाट चार करोड २५ लाख बेरुजु देखिएको छ । गत वर्षसम्म २२ करोड २२ लाख बेरुजु बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजु २५ करोड ६५ लाख रहेको छ । पालिकाहरुले आर्थिक गतिविधि गर्दा ऐन कानुनमा ध्यान नदिएको कारण हरेक वर्ष बेरुजु थपिँदै गएको छ । आवश्यक कागजात बेगर भुक्तानी दिने, विद्यमान ऐन कानुनलाई बेवास्था गरी भुक्तानी दिने, पेश्की समयमै फस्र्यौट नगर्ने, काम नसक्दै भुक्तानी दिँदा बेरुजु बढेको हो ।