आईआईटीएफमा भैरहवा वितरक संघ सहभागी «

आईआईटीएफमा भैरहवा वितरक संघ सहभागी

नयाँदिल्ली-इन्डिया इन्टरनेसल ट्रेड फेयर(आईआईटीएफमा भैरहवा क्षेत्रमा बिभिन्न वस्तुहरूको वितरण गर्दै आएका भैरहवा वितरण संघले सहभागिता जनाएको छ ।
भारतको राजधानी दिल्लीको प्रगति मैदानमा नोभेम्बर १४ देखि सञ्चालन भइरहेको विश्वकै ठूलो मध्येको एक उक्त मेलामा सस्थागत रूपमै सहभागी भई मेलाको अध्ययन अवलोकन गरिएको भइरहवा बितरक संघका अध्यक्ष राजकुमार जोशीले बताए ।
मेलामा खाद्य, मेसिनरी, पोसाक, हस्तकला, सौन्दर्यकला, ड्राई फुट्स, स्वास्थ्य प्रविधि, सूचना प्रविधि, जुत्ता खेलकुदलगायतका भारतीय तथा विदेशी गरी ८ हजार बढी स्टलहरू रहेको र त्यहाँ आफूहरूले भारतीय एवं अन्य विदेशका सामानहरूको उत्पादन, उनीहरूले बिक्री तथा वितरण गर्ने तरिका साथै धेरै कुराका बारेमा जानकारी हासिल गर्न सफल भएको मेलामा सहभागी टोलीका सदस्य कुलानन्द पोखरेलले बताए ।
वितरक संघको टोलीले शनिबार, आइतबार र सोमबार गरी ३ दिन मेलाको अवलोकन गरी जानकारी लिएको र उद्योग व्यापारका बारेमा धेरै कुरा जानकारी लिन सफल भएको सस्थाका महासचिव कुलानन्द पोखरेलले बताए ।
महोत्सवमा नेपाली स्टलहरूसमेत रहेको र ती स्टलहरूमा नेपाली उत्पादनका सामानहरू खरिदका लागि भारतीय सेवाग्राही त्यहाँ धेरै गएको पाइएको संस्थाका उपाध्यक्ष अभिनव मयुर कशौधनले बताए ।
दिल्लीको ५ दिने भ्रमणमा रहेको टोलीले आईआईटीएफ मेलामा बिटुबी र बिटुसी कार्यक्रममा सहभागिता जनाई राय सुझाव दिनुका साथै मेलाका साथै अन्य पर्यटकीय स्थलहरू लालकिल्ला, कुत्र्ब मिनार, इन्दिरा गान्धी म्युजियम, लोटस टेम्पल, इन्डिया गेटलगायतका स्थानको अवलोकन गरेको थियो । टोलीले जारी लुम्बिनी भ्रमण वर्ष २०७६ तथा नेपाल भ्रमण वर्ष २०२० को समेत प्रबद्र्धनका लागि त्यहाँ बिभिन्न व्क्तिसँग जानकारी गराएको सस्थाका वरिष्ठ सल्लाहकार मनीषकुमार जोशीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्