कजारिया रमेश टायल्सको किल्न लाइट अप सम्पन्न

काठमाडौं– कजारिया रमेश टायल्सले भैरहवामा नयाँ अत्याधुनिक उत्पादन केन्द्रको किल्न लाइट अप (भट्टी प्रज्वलन) को उद्घाटन गरेको छ ।
कजारिया सेरामिक्सका अध्यक्ष अशोक कजारियको उपस्थितिमा किल्न लाइट अप गरिएको हो । कार्यक्रममा बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठ र वडा–१२ का अध्यक्ष उमाशंकर चौधरीले टायल्स परिवारलाई शुभकामना दिए ।
अत्याधुनिक प्रविधियुक्त कारखानाले कजारिया रमेश टायल्सलाई बजारको माग अनुसार उत्पादन गर्ने बताइएको छ । त्यसैगरी उच्च गुणस्तरका टायल्स उत्पादनले बजारमा नयाँ युगको सुरुवात हुने अपेक्षा रहेको कम्पनीको भनाइ छ ।
स्थानीय कच्चा पदार्थ प्रयोग गरेर उत्पादन हुने कजारिया रमेश टायलले नेपाललाई टायलमा आत्मनिर्भर बनाउने महत्त्वाकंक्षा लिएको जनाएको छ । नवलपरासीस्थित कारखानाले वार्षिक ५१ लाख वर्ग मिटर टायल उत्पादन गर्नेछ । कारखाना चार अर्ब रुपैयाँ लगानी भएको बताइएको छ ।