झापाको भृकुटीमा सनराइज बैंक «

झापाको भृकुटीमा सनराइज बैंक

सनराइज बैंकले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरूमा बैंकिङ सेवा पु-याउँदै जाने उद्देश्यका साथ झापा जिल्लाको मेचीनगर नगरपालिका–२, मा ३९औं शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । ज्येष्ठ नागरिक सेवा समितिको अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी र बैंकको प्रादेशिक कार्यालय १ का सदस्य पूर्णबहादुर थापाले एक समारोहकाबीच मेचीनगरमा शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेको बैंकले जनाएको छ ।
समारोहमा ठाकुरप्रसाद शिवाकोटी र पूर्णबहादुर थापाले शाखारहित बैंकिङ सेवाको एजेन्ट-प्रतिनिधि दिलबहादुर कार्कीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्