Logo

७ जना भाग्यमानी ग्राहकलाई आकर्षक एसोसरिज प्याकेज

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प श्रावण २७ देखि २९ सम्म

काठमाडौं- नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेतातथा सीजी होल्डिंसको अटो मोबाइल डिभिजन सीजी मोटो कर्पले साउन २७ देखि २९ गतेसम्म नारामा मनसुन फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ ।

लगातार परिरहेको भारी वर्षाका कारण सवारी साधनमा नकारात्मक असर पर्न सक्ने र बेलैमा ध्यान नदिनाले विभिन्न समस्याको सम्भावना हुने कम्पनीले जनाएको छ । सुजुकी ग्राहकलाई यो बिषयमा जानकारी गराउन र उहाहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन हुन लागेको पनि कम्पनीले जनाएको छ।

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै ७ जना भाग्यमानी ग्राहकहरुले आकर्षक एसोसरिज प्याकेज पनि जित्न सक्नेछन् । सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसीरहिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन् ।

त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत सम्मको छुट पाउनुहुनेछ भने लेवर चार्जमा २०५ सम्मको छुट र स्पेयर पार्टस् र इन्जिन आयलमा १० प्रतिशत सम्मको छुट पाउनेछन् । सुजुकीको मनसुनफ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।

प्रतिक्रिया दिनुहोस्