जलमार्गसँगै बन्दरगाह थप्ने प्रस्ताव «

जलमार्गसँगै बन्दरगाह थप्ने प्रस्ताव

 

नेपाल–भारत पारवहन सन्धि पुनरवलोकन वार्ता सुरु

नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन लागि द्विपक्षीय पारवहन वार्ता मंगलबारदेखि सुरु भएको छ । पारवहन सुविधालाई व्यवस्थित र सरल बनाउनका लागि दुई देशका वाणिज्य सहसचिवस्तरीय बैठक सुरु भएको हो । सन् २०१३ मा भएको पारवहन सन्धिको समयावधिअर्को महिनासम्म छ । सोही कारण पारवहन सन्धि पुनरावलोकन गर्नका लागि छलफल सुरु भएको हो ।
नेपालको तर्फबाट वार्ताको नेतृत्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले वार्ताको नेतृत्व गरेका छन् । भारतका तर्फबाट वाणिज्य मन्त्रालयका सहसचिव भूपिन्दर सिंह भल्लाले बैठकको नेतृत्व गरेका छन् ।
दुई दिनसम्म काठमाडौंमा चल्ने बैठकमा तेस्रो मुलुकसँगको व्यापार सहजीकरण गर्न पारवहन (ट्रान्जिट) सन्धि पुनरावलोकन गर्ने विषयमा केन्द्रित भएको सहसचिव ढकालले जानकारी दिए।दुई देशबीचमापारवहन सुविधालाई व्यस्थित र समसामयिक बनाउने गरी छलफल गरिएको उनले जानकारी दिए । सन् १९९९ मा बनाइएको नयाँ खालको पारवहन सन्धिलाई समसामयिक बनाई व्यापार सहजीकरण हुने उनको भनाइ छ ।
जलमार्ग, थप नयाँ बन्दरगाह प्रयोग र बल्क कार्गो ढुवानीबारे छलफल भएको मन्त्रालयको भनाइ छ । बैठक दुई देशबीचको प्राविधिक टोलीको बैठक हो । टोलीले बुधबार पारवाहन सन्धि पुनरावलोकनसम्बन्धी समझदारीमा हस्ताक्षर गर्नेछ । दुई देशबीच समझदारी भए नेपालले भारतको जलमार्ग तथा थप नयाँ बन्दरगाह प्रयोग गर्न पाउनेछ भने नेपालका थप दुई नाकासम्म बल्क कार्गो ढुवानी सम्भव हुनेछ ।नेपालले आफ्नै पानी जहाज चलाउन पाउने गरी पारवहन सन्धि सम्झौताका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरेको छ ।
समझदारीपछि तेस्रो मुलुकसँगको व्यापारका लागि नेपाली पानी जहाज चलाउन तीनवटा रुट प्राप्त हुनेछन् । नेपाली पानी जहाजले कोलकाता–कालुघाट, कोलकाता–साहिबगञ्ज र कोलकाता–बनारससम्म सञ्चालनको अनुमति पाउनेछन् । जल यातायात कहाँबाटसञ्चालन गर्ने, कोलकाता र विशाखापटनमबन्दरगाह सञ्चालनमा छन् । धान्द्रा र मुन्द्रा पोर्ट विद्युतीय ट्र्याकिङ प्रणाली,कोलकाताबाट कालुघाट, साहेबगञ्ज र बनारसलगायत रूट प्रयोगबारे छलफल भएको मन्त्रालयले जानकारी दिएको छ । ।
भारतले आफ्ना नदीहरूमा निर्धारण गरिरहेको जलमार्ग नेपालले प्रयोग गर्न पाउँदा तेस्रो मुलुकसँगको व्यापारमा सुविधा हुनेछ । यो विषयलाई प्रमुखता दिएर छलफल हुने उनले बताए ।यस्तै, अहिलेसम्म भारतको कोलकातादेखि नेपालको वीरगञ्ज सीमावर्ती रक्सोलसम्म मात्र रेलबाट कार्गो आउँछ । अब कोलकाताबाट विराटनगर सीमावर्ती जोगबनी र भैरहवासम्म पनि ठूलो परिमाणको सामग्री (बल्क कार्गो) ल्याउन पाउनेगरि छलफल भएको सहसचिव ढकालले बताए ।
दुइदिने वार्ताले नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन गर्नेछ। यसअघि गत चैत पहिलो साता दिल्लीमा भएको वार्तामा नेपालले आफ्ना लागि जलमार्गको सुविधा थप्न भारतसँग प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्