नेपाल बैंक र नेपाल प्रहरीबीच सम्झौता
काठमाडौं– नेपाल बैंक र नेपाल प्रहरीको कल्याण महाशाखाबीच सम्झौता भएको छ । प्रहरी प्रधान कार्यालयमा भएको सम्झौतामा बैंकका प्रमुख वित्त अधिकृत प्रकाशकुमार अधिकारी र वरिष्ठ प्रहरी उपरीक्षक रेवती ढकालले हस्ताक्षर गरेका छन् ।
सो सम्झौता बमोजिम नेपाल प्रहरी अन्तर्गतका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले सहुलियतसहितको विभिन्न सुविधा रहने तलबी खाता खोलेर बैंकको नियम अनुसार बिनाधितो कर्जा तथा अन्य बैकिङ सुविधा पाउने छन् ।