Logo

अर्थतन्त्र सुस्ताउँदा चाइनाको सस्तो बजार प्रभावित

काठमाडौं– पछिल्लो दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको प्रभाव सस्ता चिनियाँ सामानको बिक्रीमा परेको छ । उत्तरी छिमेकी चीनबाट आयातित सस्ता कपडा र अन्य सामानहरुको प्रमुख थोक बिक्री स्थल काठमाडौंको महाबौद्ध, असनलगायतको भित्री बजार हो ।

अहिले यो बजार क्षेत्र सुनसान जस्तै छ । यो क्षेत्रमा गत २५ वर्षदेखि व्यापार गर्दै आएका राजेन्द्र रानाभाटले पछिल्ला दुई वर्षदेखि सामान बिक्री घटेको जानकारी दिए । ‘बजारमा सर्वसाधारणको चहल पहल खासै घटेको छैन, उनले कारोबारसँग भने ‘तर व्यापार छैन ।’ हाल बजारको अवस्था हेर्दा कुनै व्यापारीको व्यापार भएको अवस्था छैन । सटरहरु खाली हुने क्रममा छन् भने देशका सबै बजार शुन्य भएको अवस्था छ ।

बिगत ३५ वर्षदेखि सोही क्षेत्रमा व्यापार गर्दै आएका लिलाप्रसाद चौलागाईंले खास्सा बजारमा व्यापार न्यून भएकै अवस्थामा घरवालाले पनि व्यापारीका समस्या नबुजेको बताए । सरकारदेखि घरावालाले पनि आफूजस्ता मारमा परेका व्यापारीको समस्या नबुझेको उनले बताए । उनले भने, ‘सामान ल्याउँदै राख्दै नयाँ फेसनको लुगा बिक्छ भन्यो नयाँ नयाँ समान ल्यायो बजारमा व्यापार छैन, गोदाममा सामान मात्रै छ, करीब ४ वर्ष जति पुरानो तर त्यो खाली हुने अवस्था छैन ।’

एकता व्यापार संघका अध्यक्ष तेजप्रसाद आचार्यले व्यापार राम्रो नभएकाले घरधनीलाई समयमा भाडा दिन सक्ने आवस्था नरहेको गुनासो गरे । उनका अनुसार व्यापारमा कमि आएको कोरोना काल मात्र नभइ २०७१ सालमा सिन्धुपाल्चोकमा आएको पहिरो, ०७२ सालको भूकम्प, सहकारीमा मन्दी, बैंकको चर्को ब्याज महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोक लगाएपछि व्यापारमा मन्दी आएको बताए । उनले महानगरले पनि विकल्प नदिइ फुटपाथ खाली गराएकाले सानो लगानी गर्ने व्यापारीहरु झनै मारमा परेको बताए ।

नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले मुलुकका अर्थतन्त्रको अवस्थामा सुधार नभए व्यवसायीहरु पलायन हुने अवस्था आउने बताए । उनले अर्थतन्त्र चलायमान बनाएर सबैले गरीखाने वातावरण बनाइदिन सरकारसँग आग्रह पनि गरे । ‘राज्यले बजारका व्यापारीलाई लिएर नयाँ नीतिको आवश्यक छ, उनले भने, ‘देशको अर्थतन्त्र सुस्त भएको अवस्थामा सरकारको ध्यान व्यापारी तिर परोस्’ कुनै समय महाबौद्ध, न्यूरोडलगायतका क्षेत्रमा लुगाफाटो किन्ने ग्राहकको घुइँचो लाग्ने गरेको थियो । पछिल्लो समय विभिन्न मल र हरेक चोक चोकमा बजार विस्तार हुँदा ग्राहकलाई सामान किन्न धाएरै महाबौद्ध, न्यूरोड वा सुन्धारा पुग्नु पर्दैन ।

प्रतिक्रिया दिनुहोस्